दसैँअघि खुसीको खबर: मालढुंगा पुलमा फेरि गाडी चल्न थाले!

पर्वत। कालीगण्डकी नदीमा आएको बाढीका कारण अवरुद्ध मालढुंगा पुल क्षेत्रको सडक मर्मतपछि पुनः सञ्चालनमा आएको छ।
सडक खुलेसँगै दसैँ मनाउन घर फर्किने यात्रु तथा स्थानीय बासिन्दालाई आवतजावतमा सहज भएको छ। यसले चाडपर्वको समयमा यात्रा गर्ने सर्वसाधारणलाई ठूलो राहत मिलेको छ।






