नयाँ पुस्ताको सरकारप्रति पूर्वराजा ज्ञानेन्द्र आशावादी, बालेन सरकारलाई दिए महत्त्वपूर्ण सन्देश!
देशवासीको मुहारमा खुसी ल्याउने नयाँ पुस्ताको नेतृत्वप्रति पूर्वराजा ज्ञानेन्द्र शाहको आशा

काठमाडौं, ३० असोज। पूर्वराजा ज्ञानेन्द्र शाहले बडादसैँको अवसरमा शुभकामना सन्देश जारी गर्दै बालेन्द्र शाह (बालेन) नेतृत्वको नयाँ पुस्ताको सरकारप्रति आशा व्यक्त गरेका छन्।
उनले भनेका छन्, “जोश जाँगर बोकेर राज्य संचालनमा खडा भएको नवपुस्ताले देशवासीको मुहार हँसिलो रसिलो पार्छ भन्ने अभिलाषा राखिएको छ।”
देशको राजनीतिक, संवैधानिक, आर्थिक र प्रशासनिक क्षेत्रमा देखिएको अन्योलप्रति चिन्ता व्यक्त गर्दै शाहले प्रजातान्त्रिक प्रक्रियालाई बलियो बनाउन, अर्थतन्त्र उकास्न र राष्ट्रिय स्वाभिमान जोगाउनुपर्नेमा जोड दिएका छन्।
उनले भोटेकोशी र बुढीगण्डकी क्षेत्रमा आएको बाढीबाट प्रभावित नागरिकको शीघ्र पुनःस्थापना तथा क्षतिग्रस्त संरचनाको पुनर्निर्माणलाई प्राथमिकता दिन पनि आग्रह गरेका छन्।
पूर्वराजाले विभाजनभन्दा एकता, परनिर्भरताभन्दा आत्मनिर्भरता र कमजोरभन्दा सक्षम नेपाल निर्माणको सन्देश दिएका छन्।
राजनीतिक परिवर्तनपछि नयाँ पुस्ताले सरकारको नेतृत्व गरिरहेका बेला पूर्वराजाको यो सन्देशलाई सकारात्मक अपेक्षासँगै जिम्मेवारीबोध गराउने आग्रहका रूपमा पनि हेर्न सकिन्छ।
अब प्रश्न एउटै छ— के बालेन नेतृत्वको सरकारले पूर्वराजासहित आम नेपालीले राखेको आशालाई परिणाममा बदल्न सक्ला ?






